Section 20
काम कार्यवाहीको मान्यता

यो ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल गुणस्तर निर्धारण समिति (गठन) आदेश, २०३४ अन्तर्गत गठित नेपाल गुणस्तर निर्धारण समितिबाट निर्धारण गरेको गुणस्तर वा सो समितिबाट दिएको इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र यस ऐन बमोजिम निर्धारण गरिएको वा दिइएको मानिनेछ ।